१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला कावासोती नगरपालिका ७ घर भइ हाल भरतपुर महानगरपालिका १८ वस्ने वर्ष ३६ को मोहन मुसहरलाई जेठ १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।