INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सुरक्षाका लागि ज्येष्ठ नागरिकद्वारा सङ्घर्ष समिति गठन

नगराइन नगरपालिकाले ०७९ साउनदेखि पुससम्म ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलालगायत सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकहरु सङ्घर्ष समिति गठन गरी आन्दोलन गरीरहेका छन् ।

कर्मचारीहरुले समेत तलव,भत्ता माग गर्दै मङ्सिर १८ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्दै सेवा रोकेर धर्नामा बसेका छन् ।

आन्दोलित ज्येष्ठ नागरिकहरु भोला दासको अध्यक्षतामा नौ सदस्य सङ्घर्ष समिति पुस १९ गते गठन गरेका छन् । गठित सङ्घर्ष समितिको उपाध्यक्षमा जागेश्वर सदा, कोषाध्यक्षमा राजेश्वर महतो, सचिवमा राजाई यादव छन् । त्यसतै गरी सदस्यहरुमा सिरी सदा, रामदेव मुखिया, केशवर दास, दशरथ यादव र मुनेश्वर दास रहेको जनाइएको छ ।यथाशीघ्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन चरणवद्ध आन्दोलनको घोषणा गर्ने सङ्घर्ष समितिका अध्यक्ष भोला दासले बताउनु भयो ।
नगरपालिकाका मेयर विनय कुमार यादवले नेकपा एमालेबाट निर्वाचित उपमेयरलगायतको वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरसभा हुन नदिएकाले समस्या भइरहेको बताउनु भयो ।

अन्य

भिडियो