INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक अनुगमन प्रभावः महिला कैदीबन्दीले सेनेटरी प्याड प्रयोग गर्न थाले

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको अनुगमनको प्रभावले पर्वत जिल्ला कारागारमा रहेका महिला कैदीबन्दीले सेनेटरी प्याड प्रयोग गर्न थालेका छन् ।

मङ्सिर १ गते गरिएको अनुगमनका क्रममा महिला कैदीबन्दीहरूले इन्सेकको टोलीसमक्ष महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड प्रयोग गर्न नपाएको गुनासो गरेका थिए ।

इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेलसहितको टोलीसमक्ष बन्दी महिला मिना क्षेत्रीले सेनेटरी प्याड प्रयोग गर्न नपाएको गुनासो गरेपछि तत्काल स्थानीय कारागार प्रशासनसमक्ष गुनासो समाधानका लागि अनुरोध गरिएको थियो ।

कारागारकी जेलर शिला श्रेष्ठले इन्सेकको अनुरोध अनुसार महिलाहरूलाई सेनेटरी प्याड उपलब्ध गराइएको बताउनु भयो ।

उहाँले सेनेटरी प्याड व्यवस्थापनमा समस्या देखिएकाले महिलाहरूलाई लामो समयदेखि उपलब्ध नगराइएको तर खाडल खनेर व्यवस्थापन गर्ने गरी सेनेटरी प्याड उपलब्ध गराइएको बताउनु भयो । पर्वत कारागारमा चार जना महिला कैदीबन्दी रहेका छन् ।

anugaman

अन्य

भिडियो