INSEC Online

📅 २०८३ श्रावण ५

हत्याका घटनाका फरार आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–१६ बाबेडाँडाका १२ वर्षीय मुस्कान थिङको हत्याको आरोपमा सोही ठाउँका ३८ वर्षीय आइत सिं भोम्जनलाई प्रहरीले ०७९ पुस १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालक पुस १० गते बिहान घरबाट तीन सय मिटर पश्चिममा रहेको सामुदायिक वनमा रूखमा कपडाको डोरीको पासो लगाई झुण्डिएको र हात बाँधिएको अवस्थामा मृत फेला परेपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान सुरु गरेको थियो ।

शवको पाष्टमार्टम पुस १० गते हेटौँडा अस्पतालमा भयो ।

अनुसन्धानको क्रममा भोम्जनले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताउनु भयो ।

मुस्कानले आफूलाई जिस्काएपछि आक्रमण गर्दा संवेदनशील अङ्गमा लागेर मुस्कानको मृत्यु भएको भोम्जनले स्वीकारेको डिएसपी कार्कीले जानकारी दिनुभएको छ ।

आरोरपित भोम्जनलाई ६ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट अनुमति पाएको उहाँले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुरमा अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनु भयो ।

अन्य

भिडियो