INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउँ गाउँपालिका–१ ठुलीउदाङका २१ वर्षीय हिमाल सोमरेलाई पुस ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार ३ गते बलात्कार गरेको र बलात्कारपछि पीडितको ६ महिनाको गर्भ रहेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध पुस १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

मामाघर आएकी बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको र बलात्कारबाट  ६ महिनाको गर्भ रहेको पीडित पक्षको भनाई छ ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका भइरहेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी वीरेन्द्र थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १० गते पाल्पा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो