INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकलाई विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठनका कार्यक्रताद्वारा मोसो !

जाजरकोटका एक जना शिक्षकलाई विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठनले कालोमोसो दलेको छ ।

कुशे गाउँपालिकाको वडा नम्बर ४ मा रहेको श्री हिमालय आधारभुत विद्यालयका प्रधानध्यापक रणबहादुर शाहीलाई पुस ९ गते युवा सङ्गठनले मोसो दलेको हो ।

शाही शिक्षण पेसामा आवद्ध भइरहँदा पनि कुशे गाउँपालिकामा निर्माण हुँदै गरेको बैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ साल देखि २०७९ सालसम्म करिब २ करोड २१ लाख रुपैयाँ हिनामिना गरि कामलाइ अलपत्र पारेको हुँदा मोसो दलेको संगठनले जनाएको छ ।

साथै समग्र विद्यार्थी र जनताको भविष्यसँग जोडिएको शैक्षिक सस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथि खेलवाड, आफ्नो शिक्षण पेशालाई राजिनामा नदिइ नेपाली कांग्रेस कुशे गाउँ पालिकाको सचिव बनेर सिङ्गो शैक्षिक सस्थालाई अस्तब्यस्त बनाइएको हुँदा शाहीलाई मोसो दलेको आरोप लगाएको कुरा कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिनु भयो । अध्यक्ष बस्नेतले यस बिषयमा छिट्टै बैठक बसेर छलफल गर्ने बताउनु भयो ।

अन्य

भिडियो