INSEC Online

📅 २०८३ जेष्ठ २१

यौनजन्य दुर्व्यवहार घटनाका कसूरदारलाई तीन वर्ष कैद फैसला

१३ वर्षीया बालिकालाई यौनजन्य दुर्व्यवहार  घटनाका कसूरदार दुल्लू नगरपालिका–८ पादुकाका ३० वर्षीय तेजबहादुर रोकायलाई दैलेख जिल्ला अदालतले तीन वर्ष कैद, ३० हजार जरिवाना, ५० हजार रुपियाँ पीडित बालिकालाई क्षतिपूर्ति तिनुपर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले पुस ६ गते बाल यौन दुरुपयोग कसूरमा उक्त फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनु भयो ।

०७८ वैशाख १६ गते दाउरा खोज्न जंगल गएको मौकामा बालिकालाई यौन दुर्व्यवहार  गरेको भन्दै पीडित पक्षले ०७८ वैशाख १८ गते प्रहरीमा उजुरी गरेको र त्यसै दिन प्रहरीले गिरफ्तार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०७८ जेठ ५ गते जिल्ला अदालतमा यौन दुर्व्यवहारको अभियोग बुझाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ वैशाख १८ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो ।

अभियोग सम्वन्धमा भएको थुनछेक बहसपछि दैलेख जिल्ला अदालतले पीडकलाई पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाएको थियो ।

अन्य

भिडियो