राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ११ गते सहमतीय सरकार गठनका लागि आह्वान गरेकी राससले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १० गते आफ्नो पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि जेठ ११ गते राष्ट्रपतिले सो आह्वान गरेकी हुन् ।
नेपालको संविधानको धारा २९८ को उपधारा ९२० मा सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्ने व्यवस्था रहेअनुसार राष्ट्रपतिद्वारा आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिए ।
राष्ट्रपतिले यही जेठ १८ गतेसम्म सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि दलहरूलाई आह्वान गरेकी हुन् । सहमतीय प्रक्रिया अगाडि बढ्न नसकेको खण्डमा मात्रै बहुमतीय प्रक्रियामा अगाडि बढ्ने संवैधानिक व्यवस्था छ ।