INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ का ६७ वर्षीय बोदबहादुर बि.क.लाई प्रहरीले ०७९ पुस ४ गते पोखरेबाट गिरफ्तार गरेको छ ।

आरोपितले स्थानीय पाखामा घास काट्न गएको बेला ०७९ मङ्सिर १२ गते यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ ।

पीडितले ०७९ मङ्सिर १५ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकीले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण नवलपुर अस्पतालमा ०७९ मङ्सिर १५ गते भएको अस्पतालका चिकित्सक धर्मेन्द्र पाण्डेले बताउनुभयो ।

घटनापछि आरोपित लुकेर बसेको र प्रहरीको खोजतलास पछि गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सञ्जिवकुमार यादवले बताउनु भयो ।

अन्य

भिडियो