INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

५४ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का ४० वर्षीय शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २९ गते उजुरी दर्ता भएको छ ।

अपाङ्गता भएकी महिलालाई मङ्सिर २४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले दिएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।

बलात्कार घटनाका आरोपित खड्कालाई प्रहरीले मङ्सिर २८ गते नै गिरफ्तार गरिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण त्रिशूली अस्पतालमा मङ्सिर २८ गते गरिएको छ ।

अन्य

भिडियो