INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

४२ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा गिरफ्तार परेका २७ वर्षीय सुरज चौधरीलाई जेठ ८ गते जिल्ला अदालत रुपन्देहीले पाँच वर्षकैदको फैसला गरेको छ ।

न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले आरोपितलाई कैद सजाय सुनाएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

पीडित महिलालाई आरोपितले ०७३ फागुन २१ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले उजुरी दिएपछि प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ परीक्षण ०७३ फागुन २१ गते जिल्ला अस्पतालमा भएको थियो ।

अन्य

भिडियो