INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मंगलसेन नगरपालिका–८ निवासी मंगलसेन नगरपालिका–५ बजारमा रहदै आएका ४५ वर्षीय पहल बोहरालाई मङ्सिर २८ गते गिरफ्तार गरेको छ ।

विद्यालय गइरहेको अवस्थामा बालिकामाथि यौन दुर्व्यवहारको प्रयास भएपछि आारोपित विरुद्ध प्रहरीका जाहरी दिएको पीडितका बुवाले बताउनु भयो ।

विद्यालय गइरहेकी बालिकालाई घर नजिकै यौन दुर्व्याहार गरेको भन्दै बालिकाले अभिभावकलाई भनेपछि पीडितका बुवाले प्रहरीलाई खबर गरेपछि आरोपितलाई घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशसिंह विष्टले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

जिल्ला अदालतबाट म्याद थप गरी आरोपितलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको र पीडितको स्वास्थ्य परीक्षणका लागि तयारी भइरहेको इन्स्पेक्टर विष्टले बताउनु भयो ।

अन्य

भिडियो