INSEC Online

📅 २०८३ जेष्ठ २१

एमाले र माओवादी कार्यकर्ताबीच झडप: नौ जना घाइते

जगदुल्ला गाउँपालिकामा–३ स्थित थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ता बीच दोहोरो झडप हुँदा दुबै तर्फका नौ जना कार्यकर्ता घाइते हुनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, डोल्पाका डिएसपी निरन्जन थापाका अनुसार मङ्सिर २५ गते राती ९.३० बजे भएको झडपमा जगदुल्ला गाउँपालिका ३ का एमाले कार्यकर्ता ३३ वर्षीया जालापा बोहरा, सोही ठाउँका २३ वर्षीय भद्र बोहरा, ३४ वर्षीय कृष्णजंग बोहरा, २४ वर्षीया शान्ता बोहरा घाइते हुनु भएको छ । झडपमा माओवादी पार्टीका कार्यकर्ता ३५ वर्षीय बिर्ख बोहरा, ३३ वर्षीय लक्ष्मण बोहरा, २५ वर्षीय गोरसिं बोहरा, २३ वर्षीय पविन्द्र बोहरा र ३८ वर्षीय जगत बोहरा घाइते हुनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, डोल्पाका डिएसपी थापाले दिनु भएको जानकारी अनुसार दुबै पक्षबीच मदिरा सेवन गरिरहेको अवस्थामा सामान्य भनाभन हुँदा माओवादी कार्यकर्ताले एकासी ढुंगा प्रहार गर्दा झडप भएको हो ।

झडपमा घाइते हुनुभएका एमाले कार्यकर्ता चार जनालाई हेलिकोप्टर चार्टर गरेर काठमाण्डौ लगिएको छ । त्यसै गरी सामान्य घाइते नेकपा माओवादीका कार्यकर्ता काइगाउँस्थित अस्पतालमा उपचार गरेर घर फिर्ता हुनु भएको प्रहरीले जनाएको छ । घाइते भई उपचारको लागि काठमाण्डौ लगिएका चार जनाको टाउँको, पिठ्यु र खुट्टामा गहिरो चोट लागेको छ ।
PhotoDolpa20221213

अन्य

भिडियो