INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक दम्पतिको हत्या

त्रिपुरासुदरी गाउँपालिका- ३ आहालेमा घरमा सुतेको अवस्थामा ६२ वर्षीय  विष्णुबहादुर आलेमगर र उनकी पत्नी ६० वर्षीया निरमाया आलेमगरको हत्या भएको अवस्थामा ०७९ मङ्सिर २६ गते शव  भेटिएको छ ।

धारिलो हतियार प्रहार गरी हत्या भएको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी श्याम खत्रीले जानकारी दिनुभयो ।

स्थानीयबासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेर कानुनी प्रकृया सुरु गरेको डिएसपी थापाले बाताउनु भयो ।

दुईजनामात्र रहेको घरमा विष्णुबहादुरको निधारमा र दाहिने आँखामा गहिरो चोट लागेको र घर भित्र रहेकी पत्नीको चुराफुटेको, चोट लागेको अवस्थामा शव भेटिएको वडा नं ३ का वडाअध्यक्ष कमल थापाले बताउनुभयो   ।

भूतपूर्व हुलाक सेवाका कर्मचारी रहेका विष्णुबहादुर आलेको एक छोरा रहेको र हाल स्वास्थ्य उपचारका लागि काठमाडौँ बस्दै आउनुभएको छ ।

अन्य

भिडियो