छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईविरुद्ध पीडित पक्षले ०७९ मङ्सिर २० गते प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएको छ ।
पीडित बालिकालाई भदौ ७ गते प्रधानाध्यापक भट्टराईले कक्षा कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।
उजुरी प्राप्त भएसँगै अनुसन्धान थालिएको महाराजगञ्जका प्रहरी वृतका डीएसपी अंगुर जिसीले जानकारी दिनु भयो ।
भट्टराईले अरुलाई बाहिर पठाउने र पीडितलाई कक्षाकोठामा एक्लै बोलाएर दुर्व्यवहार गर्ने गरेको भन्दै एक छात्राको तर्फबाट मात्र प्रहरीमा उजुरी परेको हो ।
प्रधानाध्यापक भट्टराईलाई कारबाहीको माग राख्दै विद्यार्थीहरूले मङ्सिर २० गते विद्यालय परिसरमा प्रदर्शन गरेका छन् ।