१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले शुभकालिका गाउँपालिका–६ का १८ वर्षीय निरज खत्री र १७ वर्षीय बालकलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले पटकपटक बलात्कार गर्दै आएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १३ गते गरिएको स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डाक्टर रत्नविर सुनारले जानकारी दिनु भएको छ ।