INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

राजबिराज नपा–१ चनौरा पडरियाकी ४० वर्षीया गीता रजकको हत्या आरोपमा प्रहरीले ५२ वर्षीय पति भैयालाल भनिने हिरालाल रजकलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।

राजविराज नपा–१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउको तथा निधारमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा मङ्सिर १० गते शव फेला परेको थियो ।

उनीहरु राजबिराज नपा–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दिपेन्द्र यादवको घरमा डेरा गरी बसेका थिए । शवको पोष्टमार्टम मङ्सिर १० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।

मृतकका बुवा गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिनु भएको किटानी उजुरीका आधारमा आरोपित हिरालाललाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेले बताउनु भयो । पीडित पक्षले दिएको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको एसपी काफ्लेले बताउनु भयो ।

अन्य

भिडियो