INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा विरुद्धको सयुक्त अभियान शुरु

भिमदत्तनगरपालिकाको आयोजना तथा इन्सेक, मानव अधिकार रक्षक सञ्जाल, साथी संस्था, सानाहातहरु नेपाल, निडस, माईती नेपाल लगायतका संस्थाहरुको सहकार्यमा ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ भिमदत्त नगरपालिकाको सभा हलमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत  सरोकारवलाबीच अन्तरक्रिया कार्यक्रम मंङ्सिर ९ गतेबाट सम्पन्न भएको छ ।

photo20221125kanchanpur (1)1

दिनदिनै हिंसाका घटनाहरु बढ्दै गएका कारण समाजमा जागरण तथा जनचेतना फैलाउने उद्देश्यले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रत्येक वडामा सञ्चालन गरिने महिला तथा बालबालिका शाखा प्रमुख कुन्ती विष्ट लेखकले बताउनु भयो ।

प्रत्येक वर्ष नोभेम्बर २५ तारेखदेखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।

भिमदत्त नगपालिकाका कानुन अधिकृत विरेन्द्र सिंहका अनुसार चेतनाको कमी र ऐन कानुनको फितलो कार्यान्वयनका कारण महिलाहरुमा न्यूनिकरण हुन नसकेको बताउनु भयो ।

महिला हिंसा अन्त्य गर्नका लागि सडक नाटक लगायत जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै यस्ता कार्यक्रममा पीडित महिलाहरुको पनि सहभागिता गरिनु पर्ने महिला अधिकारकर्मी मेनुका बस्नेत विष्टले बताउनु भयो ।

photo20221125kanchanpur (2)

धर्म, संस्कृति, परम्परा, बालविवाह, बहुविवाह, अथित बोक्सीको नाममा हिंसा, कार्यस्थलमा हुने हिंसा, छोराछोरी बीच गरिने विभेद जस्ता हिंसाका घटनाहरु भइरहेकोले यस्ता विषयहरुलाई विद्यालय पाठ्यक्रममा समावेश गरी व्यापक रुपमा जनचेता जगाउनु पर्नेे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भरत गिरीले बताउनु भयो ।

आफू हिंसामा परेको जानकारी हुदाँहुदै पनि महिलाहरुले बाध्य भएर हिंसा सहनु पर्ने बाध्यता रहेको भिमदत्त नगरपालिकाका पूर्व उपमेयर शुशीला सिंहले बताउनु भयो ।

लैङ्गिक हिंसा मानवता विरुद्धको अपराध भएकाले यसको अन्त्य गर्न सबैको सहकार्य र सयोग आवश्यक रहेको भिमदत्त नगरपालिकका मेयर पदम बोगटीले बताउनु भयो ।

हिंसामा परेका महिलासँग कानुनी ज्ञानको अभावका कारण पनि न्यायबाट वञ्चित हुनु भएकोले यसका लागि महिलाहरुलाई कानुनी व्यवस्थाका सन्दर्भका चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको बताउनु भयो ।

photo20221125kanchanpur (3)

महिला मानव अधिकार संञ्जालकी अध्यक्ष भगवती थापाले हामी सबै अभियान कर्ता भएकोले सबै प्रकारका विभेद र हिंसाको अन्त्यका लागि आफू र आफ्नो घरबाट सुरु गर्न आवश्यक भएको र सबैले सयुक्त रुपमा अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

अन्य

भिडियो