बुढीनन्दा नगरपालिका–५ नन्देश्वरी मावि मतदान केन्द्रमा मङ्सिर ४ गते स्थगित भएको मतदान कार्य मङ्सिर १० गते बिहान ७ बजेबाट पुनः सुरु भएको छ ।
मङ्सिर ४ गते मतदान कार्य भइरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएपछि मतदान कार्य स्थगित गरिएको थियो ।
निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा स्थगित गरिएको मतदान कार्य मङ्सिर १० गते पुनः सञ्चालन गर्न निर्वाचन आयोगले मङ्सिर ७ गते सूचना जारी गरेको थियो ।
बिहान ७ बजेबाट सुरु भएको मतदान केन्द्रमा मतदाताको उपस्थिति उल्लासजनक रहेको जिल्ला प्रहरी कार्यालयका सई इश्वर नायकले बताउनु भयो ।
मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा परिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना गरी ५ सय बढी सुरक्षाकर्मीको कडा कुरक्षा व्यवस्था बीच मतदान भइरहको सई नायकले बताउनु भयो ।
यस मतदान केन्द्रमा ५ सय ६९ महिला सहित ९ सय ९९ मतदाताहरु रहेका छन् ।

