१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१३ का २५ वर्षीय अमर बिकलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङसिर ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा मङ्सिर ८ गते उजुरी दिएका थिए ।
उजरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्प मल्लले बताउनु भयो ।
साझको समयमा घरसम्म पुर्याइदिने भन्दै आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङसिर ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।