तीनदिन देखि हुन नसकेको मतगणना तत्काल सुरु गर्न माग गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरू मतगणना तोकियको स्थल जिल्ला सदरमुकामस्थित गौरीशंकर बहुमुखी क्याम्पस अगाडि मङ्सिर ७ गतेबाट धर्नामा बसेका छन् ।
साथै गठबन्धन निकट कार्यकर्ताहरूले साँझ सदरमुकाम चरिकोटमा मशाल जुलुस प्रदर्शन गरेका छन् ।

दिउँसो मोटरसाइकल र्याली सहित सिठि जुलुस निकालेका सत्ता गठबन्धनका कार्यकर्ताहरूले साँझ चरिकोटमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
जिल्लाका विभिन्न स्थानमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।
सोही कारण गठबन्धन दलका उम्मेदवार र नेता तथा कार्यकर्ताहरूले लगातार विरोध प्रदर्शन गरिरहेका छन् ।
