INSEC Online

📅 २०८३ जेष्ठ २१

अञ्चल अस्पतालमा कालाजारको औषधि अभाव

लुम्बिनी अञ्चल अस्पतालमा कालाजारको ‘लायपसमल’ नामको औषधि अभाव हुँदा बिरामीहरूको उपचारमा समस्या भएको छ ।

अस्पतालमा वैशाख २९ गतेदेखि कालाजारको औषधिको अभाव भएपछि सम्बन्धित निकायमा जानकारी गराए पनि औषधि नपठाउँदा बिरामीहरूको उपचारमा समस्या उत्पन्न भएको अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी लक्ष्मीराज रेग्मीले बताए ।

औषधि अभावका कारण हाल अस्पतालमा उपचाररत प्यूठान माण्डवी गाउँपालिका-५ का २१ वर्षीया गिरीसरा पुनको उपचारमा समस्या भएको प्रवक्ता रेग्मीले इन्सेक प्रतिनिधिलाई बताए ।

कालाजार रोगको औषधि बाहिर किन्न नपाइने हुँदा महाशाखाको भर पर्नुपर्ने बाध्यता बिरामीको रहेको छ । रेग्मीका अनुसार पाल्पाका ताराबहादुर पचभैयाको उपचार गर्दागर्दै औषधि सकिएको थियो ।

अस्पतालमा मासिक २ देखि ३ जना कालाजार रोगका बिरामी भर्ना हुने गरेको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ ।

अन्य

भिडियो