प्रतिनिधि सभाका लागि २ सय ७५ र र प्रदेश सभाका लागि ५ सय ५० स्थानका लागि अहिले बिहान ७ बजेबाट देशैभर निर्वाचन शुरु भएको छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो आवधिक निर्वाचन हो । यो निर्वाचनबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षमा १ सय ६५ र समानुपातिक प्रणालीबाट १ सय १० जना र प्रदेश सभाका लागि प्रत्यक्षबाट ३ सय ३० र समानुपातिक प्रणालीबाट २ सय २० जना गरी ५ सय ५० जना निर्वाचित हुनेछन् ।

यो निर्वाचन अनुगमनका लागि इन्सेकले देशका सबै जिल्लामा ७ सय ५१ जना पर्यवेक्षक परिचालन गरेको छ । पर्यवेक्षक तथा जिल्ला प्रतिनिधिबाट प्राप्त निर्वाचनसम्बन्धी गतिविधिहरू दिनभर इन्सेक अनलाइनबाट अपडेट गरिने इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिनुभएको छ ।


