कर्णाली प्रदेशमा ३ सय ४३ मतदान अतिसंवेदनशिलमा परेका छन् । भोली हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गरेर प्रदेशमा ३ सय ४३ वटा मतदान केन्द्रलाई अतिसंवेदनशिलमा राखिएको कर्णालीप्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतमा २० वटा अतीसंवेदनशिलमतदान केन्द्र तोकिएको छ भने दैलेखमा ४८ वटा मतदान केन्द्र अतिसंवेदनशिलमा परेका छन् । यसैगरी कालिकोटमा ७४ मतदान स्थललाई अति संवेदनशिलमा राखिएको छ ।
जाजरकोटमा १८, सल्यानमा ४० र रुकुमपश्चिममा २१ वटा मतदान केन्द्रलाई अतीसंवेदनशिलमा राखिएको कार्यालयले जनाएको छ । जुम्लामा ५३ वटा, मुगुमा २६ वटा, तथा डोल्पामा १९ वटा मतदान केन्द्रलाई अतीसंवेदनशिलमा राखिएको छ भने हुम्लामा २४ वटा मतदान केन्द्रलाई अतिसंवेदनशिलमा राखिएको जनाइएको छ ।
प्रदेशमा जम्मा ३ सय ४३ मतदान केन्द्रलाई अतिसंवेदनशिलमा राखिएको छ । यसैगरी सामान्य १ सय ७७ र ४ सय १३ संवेदनशिलमा राखिएको छ । प्रदेशभर ९ सय ४३ मतदान केन्द्र तोकिएको छ । जसमा ६ वटा मतदान केन्द्र अस्थाई रहेको छ । जाजरकोट, कालिकोट र हुम्लामा अस्थायी मतदान केन्द्र तोकिएको छैन् । प्रहरी नायक महानिर्देशक पोषराज पोखरेलले बताउनुभयो ।