INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता कार्यान्वयनमा तैचुपमैचुप

निर्वाचन आयोगका प्रमुख आयूक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न कडा निर्देशन गरेपनि जिल्लामा आचारसंहिता कार्यान्वयन निकै कमजोर देखिएको छ ।

ठुलो आकारको झण्डाको प्रयोग, धेरै सवारी साधनको प्रयोग, २५ जना भन्दा धेरै व्यक्तिको जुलुश, तुल व्यानर झुण्डाइएको, सरकारी संरचना तथा सवारी साधन प्रयोग जस्ता धेरै निर्वाचन आचारसंहिता उल्लङ्घन भएपनि कुनै पार्टी तथा नेता कार्यकर्तालाई कारवाहीको दायरामा ल्याइएको छैन ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत कोष तथा लेखा नियन्त्रक जागुराम चौधरीका अनुसार आचारसंहिता उल्लङघनका केही छिटपुट रुपमा मौखिक उजुरी आएपनि लिखित उजुरी नआएको बताउनुभयो । उहाँले भन्नुभयो मौखिक रुपमा आचारसंहिताका विषयमा आएका गुनासामाथि सुनुवाई गरी सम्वन्धित व्यक्ति तथा पार्टीलाई सोधिएको छ । आचारसंहिता उल्लङ्घनका आधिकारिक प्रमाणहरू नभेटिएकाले कसैलाई पनि स्पष्टीकरण सोधिएको छैन् ।

मौन अवधिमा पनि हटाइएन प्रचार सामग्री

निर्वाचनको मौन अवधिमा विभिन्न पार्टीका प्रचारप्रसार सामग्री हटाउनुपर्ने कानुनी प्रवधान छ । तर सदरमुकाम खलंगामा झुण्डाएको पार्टीका झण्डा, पर्चा पम्पलेट र रंगीन पोष्टर हटाइएको छैन ।

यस्तै चन्दननाथ भैरवनाथ मन्दिर परिसरमा टाँसेर कुरुप बनेका धार्मिक स्थलका कुनैपनि राजनीतिक दल तथा पार्टीका चुनाव प्रचारप्रसार सामग्री हटाइएको छैन । सत्तारुढ दल गठबन्धन, काङग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, एमाले, राप्रपा र मजदुर किसान पार्टीले चुनाव प्रचारप्रसार सामग्री टाँस गरेका छन् ।

PhotoJumla20221119 (3)

PhotoJumla20221119 (2)

PhotoJumla20221119 (1)

अन्य

भिडियो