INSEC Online

📅 २०८३ जेष्ठ २१

ताम्तीको मतदान केन्द्रमा फेरिए मतदान अधिकृत र सहायक अधिकृत

मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लाको जनजागृति माध्यामिक विद्यालयमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि कर्मचारी हेरफेर गरिएको छ ।
मतदान केन्द्रमा नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठ निर्वाचन अधिकृत र गङ्गाप्रसाद पाण्डे सहायक निर्वाचन अधिकृतसहितको टोली खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित चार जना कर्मचारी खटिएका हुन् । अधिकृत र सहायक अधिकृतसहित सहायक कर्मचारी मुनराज रोकाया र कार्यालय सहयोगी रमेशप्रसाद चौलागाई सो क्षेत्रमा खटिएका हुन् ।

यसअघि हरिप्रसाद देवकोटा र सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने खटाइएको थियो । ०७९ मङसिर १ गते ताम्तीको मतदान केन्द्र जाँदै गरेको गाडी तिला –४ रावतवाडामा दुर्घटनामा परेर घाइते भएपछि अर्को टोली खटाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा सो मतदान केन्द्रमा प्रहरीको टोली खटाइएको छ । दुर्घटनामा प्रहरी नायब निरीक्षक सीताराम दराईसहित टोली घाइते भएपछि प्रहरीहरू पनि फेरिएको हो ।

अन्य

भिडियो