मोलुङ गाउँपालिका–३ र ४ को सिमाना जोड्ने पक्की पुलको छेउमा मङ्सिर ३ गते बिहान फेला परेको प्रेसर कुकर बम जस्तो देखिने दुई ओटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
नेपाली सेनाको अरिदमन गण ओखलढुङ्गाबाट खटिएको बम डिस्पोज टोलीले डिस्पोज गराएको हो ।
पुलको छेउमा स्थानीयले बिहान शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शङ्कास्पद वस्तु फेला परे लगत्तै नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ ।
जिल्ला प्रहरीका कार्यालयका डिएसपी सुकदेव खनालले प्रेसर कुकर र टिफिनजस्तो देखिने बट्टा राखेर बाहिर खतरा भनेर लेखेको कागज टाँसिएको र बट्टाबाट तार बाहिर निकालेर पुलको छेउमा छाडिएको बताउनु भयो ।
शङ्कास्पद वस्तु राखिएको ठाउँमा नेपाल कम्युनिष्ट पाटी क्रान्तिकारी माओवादीको पर्चा राखिएको छ ।
मङसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि कसैले त्यस्तो बस्तु राखेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनु भयो ।
प्रहरीले घटनामा संलग्नहरूको खोजे थालेको र भयरहित वातावरणमा मतदान गर्न प्रमुख जिल्ला अधिकारीले आग्रह गर्नु भएको छ ।




