INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरित टासेका फ्लास प्रिण्ट र रंगीन पोष्टर हटाइएन

निर्वाचन आचारसंहिता उल्लङ्घनको औपचारिक उजुरी दैलेखमा नआए पनि मतदानको दिन नजिकिदै गर्दा आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्नुभएकी राप्रपाका महासचिव कुन्तीकुमारी शाहीले ठाउँठाउँमा १५ वर्ग फिटका फ्सासप्रिण्ट र रंगीन पोष्टर टास्नुभएको पाइएको छ ।

नारायण नपा–८ लोहोरे खोला नजिकको गाउँमा उक्त रंगीन पोष्टर टासेको पाइएको हो । उक्त पोष्टर व्यक्तिका घर, व्यत्तिगत घरका दिवालमा रहेका छन् ।

राप्रपा उम्मेदवार शाहीको विषयमा धेरै सिकायत आएको धेरै ठाउँ हटाउन लगाए पनि अझैं बाँकी रहेको पाइएकाले प्रहरी लगाएर हटाउने तयारी भइरहेको आचारसंहिता अनुगमन अधिकृत कोष तथा लेखा नियन्त्रक मोहन जैसवालले इन्सेक अनलाइनलाई बताउनुभयो ।

लिखित उजुरी नआएपनि मौखिक करिब ५० ओटा गुनासो आएको र उक्त विषयमा तत्काल सम्बन्धीत पार्टी वा व्यक्तिलाई सचेत बनाइएको जैसवालले बताउनु भयो । चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख गणेश बहादुर शाहीले आफ्नो पालिका भित्र उम्मेदवारको पक्षमा प्रचार गरेको मौखिक गुनासो आएकोमा नगर प्रमुख शाहीलाई सचेत बनाइएको अनुगमन अधिकृत जैसवालले जानकारी दिनु भयो ।

PhotoDailekh20221118 (1)

PhotoDailekh20221118 (2)

अन्य

भिडियो