INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यानका ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा

सल्यानका ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । दुई अस्थायी सहित १ सय १९ मतदानस्थल रहेको जिल्लामा भौगोलिक विकटताका र दुर्गमताको आधारमा ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।

दुर्गम, विवादित क्षेत्र, असुरक्षा लगायतलाई आधार मानेर अति संवेदनशील र संवेदनशील मतदानस्थल छुट्याइएको उहाँले बताउनुभयो । उहाँका अनुसार १ सय १९ मतदानस्थल मध्ये ६१ संवेदनशील रहेका छन् भने १८ मात्र सामान्य रहेका छन् ।

निर्वाचनको समयमा अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा सुरक्षाका लागि सोही किसिमले सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

‘सामान्यमा १०, संवेदनशीलमा १५ र अति संवेदनशील मतदानस्थलमा १८ देखि २० जनासम्म सुरक्षाकर्मी खटाइनेछ, उहाँले भन्नुभयो । जिल्लाका ४० अति संवेदनशील र ६१ संवेदनशील मतदानस्थल भएपनि अहिले सम्म त्यस्तो समस्या भने नभएको उनको भनाइ छ ।

अन्य

भिडियो