मङ्गसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि सल्यानमा छनौटमा परेका एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृतसहित १४ जनालाइ आचारसंहिता विपरीत काम गरेको भन्दै स्पष्टीकरण माग गरिएको छ ।
आचारसंहिता विपरित काम गरेको भन्दै मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित १४ जनालाइ स्पष्टीकरण माग गरिएको मुख्यनिर्वाचनअधिकृत गिरिराज गौतमले जानकारी दिनु भयो ।
उहाँका अनुसार स्पष्टीकरण माग गरिएकाहरुमा बनगाड कुपिन्डे नगरपालिकाको कुपिण्डेस्वरी प्रावि मतदान केन्द्रका मतदान अधिकृत बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज गौतमले आचार संहिता विपरित कात्तिक २५ गते कर्मचारी सरुवा गरेको भन्दै कात्तिक २९ गते मुख्य निर्वाचान कार्यालयमा उजुरी परेको थियो । उजुरी परे लगत्तै निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले सो विषयमा छलफल गरी आवश्यक प्रकृया अगाडी बढाउने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।
यस्तै कालिमा प्रावि कजेरीमा सहायक मतदान अधिकृतमा नियुक्त भएका शिक्षक दलबहादुर खडका र नव सर्वसाधारण प्रावि रातामाटा ‘ख’दार्मामा परेका सहायक अधिकृत चोपीलाल बस्नेत लगायत अन्यले सामाजिक संजालमा पोष्ट कमेन्ट गरेको र निर्वाचन प्रचारप्रसारमा सहभागीभई आचारसंहिताविपरित काम गरेको उजुरी परेपछि स्पष्टीकरण माग गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनु भयो । हाल लाइ उहाँहरुको नाम निर्वाचन परिचालनबाट हटाइएको छ ।
जिल्लाका २ सय २ मतदान केन्द्र र १ सय १९ मतदानस्थलमा १ हजार ६ सय २३ जनाकर्मचारी खटाइएकोमा लोक सेवा आयोगले निकालेको मौखिक परीक्षामा पास भएपछि छनौटमा परिसकेका र नियुक्तिको तयारी भइरहेका बेला १५ जनाकर्मचारी छाडेर गएकाले केही समस्या भएको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनु भयो । मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षाका लागि १ हजार ९ सय ५० सुरक्षाकर्मी खटिएका छन् ।