INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गन्डकी प्रदेश कार्यालय पोखराले कास्की जिल्लाको पर्यवेक्षकहरूका लागि अभिमुखिकरण कार्यक्रम कात्तिक ३० गते पोखरामा सम्पन्न गरेको छ ।

गण्डकी प्रदेश कार्यालय संयोजक शिव खकुरेलले निर्वाचनमा पर्यवेक्षको भूमिकाका बारेमा बताउँदै यदि कुनै पर्यवेक्षकले आचार संहिता विपरीत काम गरेमा पर्यवेक्षक मात्र नभई पर्यवेक्षण गराउने संस्था पनि कार्यवाहिमा पर्ने हुनाले सम्पूर्ण पर्यवेक्षकहरूलाई आचार संहितामा रहेर काम गर्न अनुरोध गर्नुभयो ।

पर्यवेक्षकको काम भनेको मतदान प्रक्रियाको सुक्ष्म रूपमा हेर्ने र सुन्ने मात्र हो बोल्ने होइन तसर्थ निर्वाचन का क्रममा हुने विवादहरू मिलाउने काममा नलाग्न समेत अनुरोध गर्नु भयो ।

IMG-46d0f34bc53053cedfc43e3d9228771a-V

उहाँले इन्सेकले निर्वाचन अगाडि, निर्वाचनको दिनमा तथा निर्वाचनपछि तिन महिनासम्म अनुगमन गरिरहने बताउनुभयो । इन्सेकले निर्वाचनको दिनमा विभिन्न जिल्लामा भएका घटनाहरूको प्रारम्भिक रिपोर्ट निर्वाचनको दिनमानै पठाउने हुँदा यदि केही त्यस्ता घटना भए तत्काल खबर गर्न पनि अनुरोध गर्नुभयो ।

इन्सेक गन्डकी प्रदेश कार्यलयका कार्यक्रम अधिकृत सबनम शर्माले निर्वाचन आचार संहिता तथा पर्यवेक्षकहरूको दायित्व र पर्यवेक्षहरूले ध्यानदिनुपर्ने विषय बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै निर्वाचन पर्यवेक्षण अवलोकन प्रतिवेदन फारमको बारेमा पनि उहाँले सहजिकरण गर्नु भएको थियो।

कार्यक्रममा गण्डकी प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलिले निर्वाचन सबैको साझा अभियान रहेको हुँदा यसलाई स्वच्छ र निष्पक्ष बनाउन पर्यवेक्षकको महत्वपूर्ण भमिका हुने बताउनुभयो । उहाँले निर्वाचनमा पर्यवेक्षकले तेस्रो नेत्रको काम गर्ने हुँदा बिगतमा भएका कमि कमजोरीहरूलाई सुधार गर्दै आचार संहितामा रहेर काम गर्न अनुुरोध गर्नुभयो ।

अन्तराष्ट्रिय पर्यवेक्षण संस्था एनफ्रेलका प्रतिनिधि ऐनाले पनि आफ्नो संस्थाले निर्वाचनको अवधिमा निर्वाचन स्वच्छ तथा शान्तिपूर्ण भए नभएको हेर्ने साथै निर्वाचन स्थलहरूको अनुगमन गर्ने निर्वाचन स्थलहरू अपाङ्गमैत्री भए नभएको तथा जेष्ठ नागरिक तथा असक्तहरूका लागि व्यवस्था भए नभएको हेर्ने बताउनुभयो । उहाँले निर्वाचनपछि रिपोर्टमा के कति निति नियमहरूमा सुधार गर्नुपर्ने त्यसको लागि निर्वाचन आयोगलाई सुझाव दिने बताउनुभयो ।

कार्यक्रममा इयोकका प्रतिनिधि गिरिधारी सुवेदीले निर्वाचनमा पर्यवेक्षकले निभाउनुपर्ने भुमिकाका बारेमा बताउनुभयो । निर्वाचनपूर्व, निर्वाचनको दिन तथा निर्वाचन पछिका अवधिमा ध्यान दिनुपर्ने तथा निर्वााचन पश्चात मतगणना स्थलमा ध्यान दिनुपर्ने विषयमा पर्यवेक्षण कार्यलाई प्रभावकारी बनाउनु पर्ने उहाँले बताउनु भयो ।

IMG-6b5155a37e654c30a1b0f2af3c00e5c9-V IMG-e90765237a0cf63b08ca480fd1fea4aa-V

अन्य

भिडियो