INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन पूर्वको अवस्थाबारे जिल्ला निर्वाचन अधिकारी लगायतसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक २७ गते निर्वाचन पूर्वको अवस्थाक बारेमा जिल्ला स्थित सरोकारवाला निकायसँग छलफल गरेको छ ।

इन्सेकका संस्थापक अध्यक्ष तथा मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल, इन्सेक केन्द्रीय कार्यालयका कृष्ण गौतम, अधिकारकर्मी यज्ञ थापाले प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भेजराज खतिवडा, डिएसपी गंगा पौडेल लगायतसँग छलफल गरेको हो ।

Dolakha civil society

छलफल कार्यक्रममा मानव अधिकारकर्मी सुशील प्याकुरेलले निर्वाचनलाई निष्पक्ष र भयरहित र नागरिकलाई स्वतन्त्र रूपमा मताधिकारको प्रयोग गर्ने वातावरणको लागि सरोकारवाला निकाय नै लागिपर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्लाका सरोकारवाला निकायबाट प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कुनै कसुर बाँकी नराखिने प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनु भयो ।

जिल्ला विगतमा निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुन नसकेकोमा सम्बन्धित निकायमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनु भयो ।

सोही अवसरमा जिल्लामा शान्ति सुरक्षाको अवस्था निष्पक्ष, भयरहित बतवरणमा निवार्नचन सम्पन्न गर्न भैरहेको प्रयास र तयारी बारे अधिकारकर्मी र जिल्लाका नागरिक समाज, अधिकारकर्मी तथा पत्रकारहरू छलफल कार्यक्रम भएको थियो ।

Dolakha cdo office

अन्य

भिडियो