निर्वाचन आयोग मधेस प्रदेशले धनुषा निर्वाचन क्षेत्र नम्वर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठलाई कारबाहीका लागि कात्तिक १९ गते निर्वाचन आयोगमा सिफारिस गरिएको धनुषा जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको संयोजकसमेत रहेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताउनु भएको छ ।
महासेठले निर्वाचनको मुखमा मतदातालाई प्रभावित गर्न साडी बाँडेको समाचार संचारमाध्यममा प्रकाशन भएपछि उनलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको हो ।
उम्मेदवार महासेठ, प्रदेश सभा सदस्य ४ (क) का एमालेका उम्मेदवार सन्तोष यादव तथा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव उपस्थित भइ छठ पर्वको अवसरमा कात्तिक १५ गते जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियामा मतदातालाई साडी वितरण गरेको आरोप छ ।
साडी बाँडेको तस्विरसहित निर्वाचन आयोगमा कारवाहीको लागि पत्र पठाइएको जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकसमेत रहेका मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताउनु भयो ।