INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका नेता गिरफ्तार

बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले गिरफ्तार गरेको छ ।

गलकोट नगरपालिका–१ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवरलाई प्रहरीले मंगलबार साँझ बागलुङ बजारबाट गिरफ्तार गरेको हो ।

नेकपा बहुमतमा आवद्ध रहेको भएपनि हालसम्म पद नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी गंगा बहादुर थापाले बताउनुभयो ।

अन्य

भिडियो