INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरित बाजागाजा सहित चुनावी प्रचार

निर्वाचनको मिति नजिकिँदै जाँदा पर्वतका राजनीतिक दल तथा तिनका उम्मेदवारले आचारसंहिता उल्लंघनका कार्यलाई पनि उत्तिकै बढावा दिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितको सत्ता साझेदार चुनावी गठबन्धनले बुधवार कुश्मा नगरपालिका १३ खौलालाँकुरीमा पञ्चेबाजा सहित चुनावी प्रचार प्रसार र्‍याली प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा माओवादी केन्द्रका प्रदेश सभा १ का उम्मेदवार सुदिप कुँवर सहितको उम्मेदवार टोलीले बाजागाजा सहित र्‍याली गरेको हो ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ दफा १३ को खण्ड (ण) मा कुनै पनि उम्मेदवारले निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलो गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित २५ जना भन्दा बढी सहभागी हुन नहुने र यसरी घरदैलोमा जाँदा बाजागाजा र झाँकी सहित जान नहुने उल्लेख छ । तर उम्मेदवारहरूले आचारसंहिता प्रतिकुल हुने गरी प्रचारप्रसार अभियान सञ्चालन गरेका हुन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी सँग इन्सेक प्रतिनिधिले उक्त जिज्ञासा राख्दा जोशीले स्थानीयबासीहरूले स्वतःस्फुर्त रुपमा स्वागत गर्ने शैलीमा पञ्चेबाजा बजाएको बताउनुभयो ।

Photo20221109Parbat

अन्य

भिडियो