INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित वडा सदस्यविरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विदुर नपा–४ का वडा सदस्य ४१ वर्षीय शिवकुमार लामाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक २५ गते उजुरी दर्ता भएको छ ।

पीडित महिललाई कात्तिक २४ गते बलात्कार प्रयास गरेको पीडितका आफन्तले मौखिक उजुरी गरेपछि सोही दिन राती नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।

पीडित महिलाको कात्तिक २५ गते त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

आरोपित लामा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विदुर नपा वडा नं. ४ को वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

अन्य

भिडियो