INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँमा आचार संहिता उल्लङ्घनको तीन ओटा उजुरी

जिल्लामा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै तीन ओटा उजुरी जिल्ला निर्वाचन कार्यालयमा परेको छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार दुई ओटा उजुरी जनप्रतिनिधि र एक ओटा सरकारी कर्मचारीको विरुद्धमा परेको छ ।

उजुरी परेकाहरूलाई स्पष्टिकरणको पत्र पठाईसकिएको र उनीहरूबाट स्पष्टिकरणको पत्र आईसकेको भन्दै ढकालले उक्त पत्रको बारेमा आचार संहिता अनुगमन समितिले छानविन गरिरहेको बताउनु भयो ।

ढकालका अनुसार दुई जना स्थानीय तहका प्रमुखले निर्वाचन आचार संहिता विपरीत आफ्नो स्थानीय तहमा उम्मेदवारको पक्षमा प्रचार प्रसारमा हिडेको तथा सरकारी कर्मचारीले सामाजिक सन्जालबाट उम्मेदवारको पक्षमा मत मागेको प्रमाण र फोटोहरू सहित उजुरी परेको छ ।

उजुरी परेकाहरूको बारेमा छानविन पुरा नभईसकेको र उजुरीको पुष्टि भएमा निर्वाचन कानुन अनुसार कारवाही हुने ढकालले बताउनु भयो ।

अन्य

भिडियो