सुनकोसी गाउँपालिका–६ अमारे निवासी ११ वर्षीया गोमा बि.क.ले कात्तिक २१ गते आत्मत्या गरेको घटनामा सुनकोसी गाउँपालिका–६ अमारेस्थित श्री ग्रामकाली माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक सुनकोसी गाउँपालिका – ५ निवासी ४० वर्षीय मिलन दाहालविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।
्गोमाका बाबु ३५ वर्षीय तुलाबहादुर वि.क.ले ०७९ कात्तिक २३ गते आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी दिएपछि इलाका प्रहरी कार्यालय खुर्कोटमा उनुरी दर्ता भएको इन्सपेक्टर राजेश शाक्यले बताउनु भयो ।
शिक्षक मिलनले कक्षा ७ मा अध्ययन गर्ने गोमालाई पाचौं घण्टीमा पाठ पढ्न नआएको भनी हात र नाडीमा सतिवेरको लौराले कुटेको विद्यार्थीले बताएका छन् ।
गोमाले नातामा काकी पर्ने जुनिता बि.क.लाई विद्यालयबाट घर फर्कदै गर्दा बाटोमा मिलन सरले कुटेको र हात र जीउ दुखेको बताएको, दिदप् दुर्गा बि.क.लाई पनि आफूलाई मिलन सरले कुटेकाले हातले केही समाउन नसक्ने भएको भनी मृत्यु अघि बताएको पीडितका बुवा तुलबहादुरले बताउनु भयो ।
तुलाबहादुरले भन्नुभयो “माहिली छोरी गोमाले दिदी दुर्गालाई सरले कुटेपछि म केही खान नसक्ने भए अम्बा टिपेर ल्याएदिनु भनेको र दिदीले अम्बा टिपेर ल्याउदा गोमाले घरमा नै आत्महत्या गरी, गोमाको आत्महत्या शिक्षक मिलनले दिएको शारिरीक तथा मानसिक यातना नै भएकाले शिक्षलाई कारबाहीको माग गर्दछु ।” म अन्यायमा परे मैले न्याय पाउनु पर्दछ उहाँले भन्नुभयो ।
कात्तिक २१ गते दिउँसो ४ बजे विद्यालय छुट्टि भएर घर गएकी गोमाले ४ः४० मा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी हरिकृष्ण केसिले जानकारी दिनुभयो ।
घटना स्थलको मुचुल्का तयार पारिएको र मृतकको हातमा निलडाम देखिएको, तर निल डाम के गरी भएको हो भन्ने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने उहाँको भनाई बताउनु भयो ।
शवको पोष्टमार्टम गर्न कात्तिक २३ गते दिउँसो टिचिङ अस्पताल काठमाडौँ पठाइएको छ । घटनापछि शिक्षक मिलन दाहाल फरार रहेका छन् ।