INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन प्रर्यवेक्षण अभिमूखिकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९, को लागि निर्वाचन प्रर्यवेक्षण जिल्लास्तरीय अभिमूखिकरण कार्यक्रम कात्तिक २३ गते धनगढीमा सम्पन्न भएको छ ।

अभिमूखिकरणमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा निर्वाचन आयोगबाट अनुमति पाएका संघसस्था तथा प्रर्यवेक्षकहरुले निर्वाचनको प्रर्यवेक्षण गर्ने र प्रर्यवेक्षकहरुले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता र निर्वाचन प्रर्यवेक्षण निर्देशिकालाई पूर्ण पालन गर्न आवश्यक रहेको बताउनु भयो ।

photo20221109Kailali (2)

अभिमूखिकरणमा प्रर्यवेक्षण के हो ? प्रर्यवेक्षकहरुको दायित्व, जिम्मेवारी, निर्वाचन आयोगले जारी गरेको निर्वाचन प्रर्यवेक्षण निर्देशिका २०७९, निर्वाचन आचरसंहिता र प्रर्यवेक्षण गर्ने संघसंस्थाको जिम्मेवारी र दायित्व विषयमा प्रलेख अधिकृत विश्वकर्माले सहजीकरण गर्नु भएको थियो ।

सहभागि दिपक नेपालीले विश्वसनीय प्रर्यवेक्षण प्रतिवेदनका लागि आफ्नो मतदान स्थल वाहेक आफूलाई पायक पर्ने एउटा मतदान स्थलको प्रर्यवेक्षण गर्दा सत्यतथ्य र वास्तविक प्रतिवेदन तयार गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा सहभागि प्रर्यवेक्षकहरुले निर्वाचन आचारसंहिता र निर्वाचन प्रर्यवेक्षण निर्देशिकाको पूर्ण पालन गरी निर्वाचनको प्रर्यवेक्षण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

अभिमूखिकरणमा धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाँउपालिकामा इन्सेकको तर्फबाट प्रर्यवेक्षण गर्ने प्रर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

photo20221109Kailali (1)

अन्य

भिडियो