सिद्धिचरण नगरपालिका–३ की २ वर्षीया बालिका रीतिका राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु राजेन्द्र राईलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा कात्तिक २१ गते छोरीलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
आरोपितले ३३ वर्षीया पत्नी उषा राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको र छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव अधिकारीले बताउनु भयो ।
पत्नी र छोरीमाथि आक्रमण गरेपछि आरोपितले आँफैलाई खुकुरीले घाइते बनाएको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।
घाइतेको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको छ ।
शवको पोष्टमार्टम कात्तिक २२ गते जिल्ला अस्पतालमा गरिएको छ ।