INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाको कसुरमा ३ महिना कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतको कात्तिक २१ गतेको आदेशले सिरहा नपा-१५ का २४ वर्षीय झगरु भनिने रामप्रताप यादव र १८ वर्षीय शम्भु यादवलाई जनही तीन महिना कैदको फैसला गरेको छ ।

न्यायाधीश मनोज केसीको एकल इजलाशले सो फैसला गरेको हो । साथै पीडितलाई १५ हजार रुपियाँ कसुरदारबाट क्षतिपुर्ति भराउने फैसला भएको छ ।

पीडित बालिकालाई ०७६ कात्तिक १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा कात्तिक २० गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक २० गते गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाले घटनामा संलग्न रहेको आरोपमा रामप्रतापलार्ई कात्तिक १६ गते गिरफ्तार गरेको थियो भने अर्का आरोपित फरार रहेकोले खोजतलास गरिरहेका थिए ।

जिल्ला अदालतको आदेशमा आरोपित रामप्रताप मङ्सिर १२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेपनि उच्च अदालत राजविराजको आदेशमा आरोपितहरु ०७६ फागुन १५ गते जनही १५ हजार रुपियाँ धरौटीमा रिहा भए ।

अन्य

भिडियो