१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतको कात्तिक २१ गतेको आदेशले कर्जन्हा नगरपालिका-१ का २० वर्षीय लक्ष्मण खत्रीलाई जन्मकैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज केसीको एकल इजलाशले यस्तो फैसला गरेको हो । साथै पीडितलाई ५० हजार रुपियाँ कसुरदारबाट क्षतीपुर्ति भराउने फैसला गरेको छ ।
खत्रीले बालिकालाई ०७७ असार २९ गते बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार ३० गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ ३० गते गरिएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले खत्रीलाई असार ३० गते गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाएको थियो । बलात्कार आरोपमा जिल्ला अदालतको आदेशमा साउन २५ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।