देवदह नगरपालिका–५ संगमचोकस्थित पाल्पाली टोलकी ३२ वर्षीय हिमकला जुल्मी मगरको कात्तिक २० गते पति ३६ वर्षीय बोलेन्द्र जुल्मी मगरले हत्या पछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जानएको छ ।
बोलेन्द्र बैदेशिक रोजगारीकालागि कतारबाट कात्तिक १७ गते घर फर्केका थिए । कात्तिक २० गते राती पत्नीलाई कुटपिट गरी हत्या गरेपछि आफूले चुन्नीको पासो लगाएर आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीका अनुसार घटनाको प्रकृति हेर्दा पत्नीलाई कुटपिट गरी हत्या गरेर आफूले पङ्खामा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको र घटना के कति कारणले भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनु भयो ।
घटनाका विषयमा मृतकका नातेदार ५२ वर्षीय शुक्रबहादुर थापाले कात्तिक २१ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको छ ।
थापाका अनुसार बिदेशबाट फर्केको चार दिन पछि घटनाको दिन राती १० बजे आफ्नो आमालाई फोन गरेर “आमा मलाई पटक्कै बाँच्न मन छैन, मरम जस्तो लागेको छ, तपाईको किरिया गर्न नि पाउदिन” भनेका रहेछन् । सोही दिन राती उक्त घटना भयो ।
शव पोष्टमार्टमको लागि कात्तिक २२ गते लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।