सोलुखुम्बु, नेचासल्यान गाउँपालिका स्थायी घर भइ सिद्धिचरण नगरपालिका–११ सोब्रू बस्दै आएकी ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति रामबहादुर राईलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा कात्तिक १८ गते दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुकदेव खनालले बताउनु भयो ।
पत्नी हत्याका विषयमा स्थानीयले प्रहरीलाई कात्तिक १९ गते खबर गरेपछि आरोपितलाई घटनास्थलबाटै अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी खनालले बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा कात्तिक २० गते गरिएको छ ।
सोही दिन पीडित पक्षले शव बुझी सिद्धिचरण नगरपालिका–४ सिस्नेखोलामा सद्गत गरेको छ ।