भीमदत्त नगरपालिकाको टिप्परमाथि अज्ञात पक्षद्धारा ढुङ्गा प्रहार गर्दा क्षति पुगेको छ । भीमदत्त नगरपालिका–१ स्थित रौटेला खोलाबाट ग्राभिल बोकेर आइरहेको म १ ग ३२ नम्बरको टिप्परमा अज्ञात पक्षले कात्तिक १८ गते साँझ ढुङ्गा प्रहार गर्दा टिप्परको अगाडीको सिसामा क्षति पुगेको हो ।
भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीले ग्राभिल बोकेर आइरहेको टिप्परमा दुई ओटा मोटरसाईकलमा आएका अज्ञात व्यक्तिहरुले तिलकपुर नजिकै ढुङ्गा प्रहार गरी टिप्परको सिसा तोडफोड गरेको बताउनु भयो ।
विकास विरोधी समुहबाट सवारी साधनमाथि तोडफोड गरिएकोले घटनाको भत्र्सना गर्दा घटनामा संलग्न पक्षको खोजी कार्यगरी कार्वाही गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको वडाध्यक्ष धामीको भनाइ छ ।
भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटाले सार्वजनिक सम्पत्तीमाथि तोडफोट गर्ने कार्य निन्दनीय भएकोले घटनामा संलग्न व्यक्तिलाई कार्वाही गरिनु पर्ने बताउनु भयो ।
घटनामा संलग्न पक्षको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चाधैरीले बताउनु भयो ।
