INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१४ का २७ वर्षीय दुर्गाबहादुर चौधरीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक १६ गते बलात्कार गरेको भन्दै पीडत पक्षले कात्तिक १७ गते गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

पीडित पक्षको मौखिक जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भयो ।

आरोपितले काम छ भनेर बोलाएर बलात्कार गरेको पीडित पक्षले बताए ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १७ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

 

अन्य

भिडियो