INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित तीन जना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अध्यक्ष शरद वली (ध्रुव)सहित तीन जनालाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

निर्वाचन वहिष्कारसम्बन्धी प्रचार कार्यक्रममा सहभागी भएको आरोपमा वलीलाई मध्यविन्दु नगरपालिका–९ बसन्तपुरबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नेकपा जिल्ला सेक्रेटरी गङ्गा ज्ञवाली र जिल्ला सदस्य अर्जुन ठगुन्नालाई सोही दिन गिरफ्तार गरेको छ ।

सामाना जागरण अभियान अन्तर्गत सांस्कृतिक कार्यक्रम तथा निर्वाचन बहिष्कार कार्यक्रमको क्रममा उनीहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ ।

अन्य

भिडियो