६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१२ का ३५ वर्षीय सञ्जन कामतलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।
आरोपितविरूद्ध पीडित पक्षले कात्तिक १६ गते प्रहरीमा लिखित उजुरी दिएको डिएसपी श्रेष्ठले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोसी अस्पतालमा कात्तिक १६ गते गरिएको छ ।