बालबालिकालाई बालश्रममा लगाउने जिल्ला बाहिर लैजाँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले कात्तिक १५ गते दिउँसो गिरफ्तार गरेको छ ।
विपि राजमार्ग हँदै बालश्रमका लागि भक्तपुर तर्फ लैजादै गरेको अवस्थामा पाँच जना बालिका र ६ बालकको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीले बताउनु भयो ।
बालश्रमका लागि बालबालिकालाई जिल्ला बाहिर लगेको आरोपमा महोत्तरी जिल्ला औरही नगरपालिका–१ का ४६ वर्षीय जोगिन्दर चौधरी, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकापा. घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–६ बस्ने २४ वर्षीय लालबहादुर डिम्डुङलाई गिरफ्तार गरी ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा राखिएको डिएसपी केसीले जानकारी दिनु भयो ।
सर्लाहीबाट काठमाडौँ तर्फ जादै गरेको बा ४ ख ७१७५ नम्बरको बसमा बाल श्रमिकको लागि भक्तपुर स्थीत गार्मेन्ट कम्पनीमा कामदारको रूपमा लैजादै गरेको अवस्थामा बालबालिकाको उद्धार गरी आफन्तको जिम्म लगाइएको छ ।
महोत्तरी जिल्ला औरही नगरपालिका –१ की १६ वर्षीया सीमाकुमारी महरा, १५ वर्षीया करीना सदा, १६ वर्षीया सुधा सदा, १६ वर्षीइा बन्द्रीका सदा, सर्लाही मलङवा नगरपालिका–२ का १६ वर्षीय दीपक शाह, १७ वर्षीया सुदिप बि.क., १६ वर्षीया विवेक बि.क., बारा निजगण बस्ने १७ वर्षीय अमिर लोप्जन, १५ वर्षीया आयुस्का लोप्चन र रौतहट चपुर नगरपालिका महादेबडाँडा बस्ने .१७ वर्षीय कृष्ण ब्लोन, १५ वर्षीय सुबास ब्लोनको उद्धार गरिएको हो ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भई रहेको डिएसपी केसीको भनाई छ ।