झापा, दमक नगरपालिका–१० का १४ वर्षीय बालक दिवस श्रेष्ठको अज्ञात पक्षले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
उर्लावारी नगरपालिका–७ स्थित मावा खोलामा छठ पुजा हेर्न आएका बालकलाई कात्तिक १४ गते साँझ अज्ञात पक्षले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका बालकको झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा कात्तिक १५ गते मृत्यु भएको इलाका प्रहरीले उर्लावारीले जनाएको छ ।
घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि उर्लावारीस्थित मङ्गलवारे अस्पतालमा राखिएको छ ।